म्याग्दी । धौलागिरि गाउँपालिका–१ को गुर्जा सामुदायिक वन स्थानीयाका लागि औषधालय वा अस्पतालभन्दा कम छैन । वनबाट जडीबुटी ल्याएर नै स्थानीयवासीले औषधोपचार गर्ने गरेका छन् ।
यहाँ यार्सागुम्बा, रातो च्याउ, सतुवालगायत जडीबुटी पाइन्छ । यहाँ गत वर्षदेखि इटालियन गोल्डेन स्याउको व्यावसायिक खेती गर्न सुरु गरिएको छ । गुर्जाका बासिन्दाले जडीबुटीको व्यावसायिक खेती गर्न थालेका छन् । दलसिङ्गे खर्क, भुजुङ्गेखर्क, गुर्जा बेसक्याम, चुरेन बेसक्याम्प, पुथा बेसक्याम्प हुँदै रुकुमको टकसेरासम्मको पदमार्गमा वनक्षेत्र फैलिएको छ ।
पदमार्गको नाम ‘यार्सा ट्रेल’ राखिएको धवलागिरि गाउँपालिका–१ का वडाध्यक्ष झकबहादुर छन्त्यालले बताए । गुर्जा गाउँ समुद्र सतहबाट तीन हजार २२० मिटर उचाइमा छ । हिउँदमा बाक्लो हिउँले ढाक्ने गुर्जासम्म म्याग्दीको लुलाङ र मुदी गाउँ तथा बागलुङको ढोरपाटनबाट पुग्न सकिन्छ । गुर्जाबाट पर्यटक सोझै ढोरपाटन पुग्ने गरेको छन्त्यालले बताए ।
जडीबुटीबाट मनग्य आम्दानी हुन थालेपछि यहाँको बाँझो जमिनमा स्थानीयले जडीबुटी खेती गर्न थालेका छन् । यहाँ रहेको हिमाली कृषि सहकारी संस्थाले व्यावसायिक खेती गर्न मद्दत गरेको छ । खोकी लाग्दा हर्रो, बर्रो खाने गरेको उहाँको भनाइ छ । कुरिलो, अमला, सेतो मुस्ली, क्यामुनो, तिमिया, बादलपातेलगायत जडीबुटीको अत्यधिक प्रयोग गरिन्छ । ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







