स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिकाले शुरु गरेको ‘यूवा उद्यम कार्यक्रम’का लागि यस वर्ष ६ जनाको समूह छनोट भएको छ ।
पलिकाभित्र युवा व्यवसायीको संख्या वृद्धि गर्दै उत्पादनसँगै रोजगार बढाउने उद्देश्यले शुरु गरिएको कार्यक्रममा वडा नं. २ स्थित सिद्धार्थ बेकरी उद्योग, खड्केटारी उद्यमशिल च्याउ फर्म, प्रगतिशिल व्यवसायीक कृषि फर्म, वडा नं. १ स्थित उपल्लो कुँडुले पशुपंक्षि एग्रो फर्म, वडा नं. ३ स्थित पञ्चासे कृषि तथा पशुपालन, वडा नं. ५ स्थित उद्यमशिल युवा एग्रो फर्म छनोट भएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाको यूवा उद्यम कार्यक्रममा हालसम्म २८ समुहहरु जोडिएको गाउँपालिकाले जनाएको छ ।
जसबाट ५० बढि व्यवसायी लाभान्वित भएका छन् । सो कार्यक्रमबाट ९ सय ५० बढि व्यक्तिहरु प्रत्यक्ष, अप्रत्यक्षरुपमा रोजगारीमा संलग्न भएका छन् ।
गाउँपालिकाको युवा उद्यम कार्यक्रम सञ्चालन निर्देशिका बमोजिम छनोट गरिएका समुहलाई बिना ब्याज, बिना धितो ५ बर्षका लागि ५ लाख रकम प्रदान गरिन्छ । प्रस्तावित उद्यमको ५ बर्षे व्यवसायिक योजना, स्थानीय स्रोत तथा मानवीय स्रोतको आधार, आर्थिक लगानीको सुनिश्चितता, रोजगारीको आधार लगायतका ७ वटा मुल्यांकनका आधार निर्देशिकाले तोकेको छ ।
यसैगरि गरिवी निवारणको लागि लघु उद्यम विकास कार्यक्रम अन्र्तगत आयोजित सिप विकास तालिममा सहभागी २७ जनालाई प्रमाणपत्र वितरण गरिएको छ । जस अन्र्तगत ९ जनालाई कुखुरापालन र १८ जनालाई बाख्रापालन सम्बन्धि तालिम प्रदान गरिएको थियो । ७–७ दिन गरि १४ दिनसम्म तालिम सञ्चालन भएको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







