पोखराको चाउथेमा खुल्यो पेरिवेयरको एक्स्क्लुसिभ सो–रुम


     एभरेस्ट आवाज    
     वैशाख ४ गते २०७९ मा प्रकाशित




पोखरा, चैत ४

पोखराको चाउथेमा पेरिवेयरको एक्स्क्लुसिभ सो–रुम पोखरा बाथवेयर खुलेको छ । पोखरेली युवा व्यवसायी पुष्पराज श्रेष्ठ,ज्ञानेश्वरराज श्रेष्ठ र अनुपराज श्रेष्ठले पोखरा–१४ चाउथेमा पेरिवेयरको एक्स्क्लुसिभ सोरुम सञ्चालनमा ल्याएका हुन् । पोखरामा २२ वर्षदेखि सञ्चालनमा रहेको पिराज ट्रेड कन्सर्न जिरो कि.मि.को बिस्तारित सोरुमको रुपमा करीब ३ करोडको लागतमा सो एक्स्क्लुसिभ सो–रुम पोखरा बाथवेयर सञ्चालनमा ल्याएको सञ्चालक ज्ञानेश्वरराज श्रेष्ठले जानकारी दिए ।

चाउथेमा सञ्चालनमा आएको पेरिवेयरको एक्स्क्लुसिभ सो–रुममा बाथरुममा पाउने सम्पूर्ण सामानसहित ग्रेनाइट, टायल्सलगायतका सामग्री प्रदर्शन तथा बिक्रीका लागि राखिएका छन् । संचालक अनुपराज श्रेष्ठका अनुसार त्यहाँ बाथरुमका लागि आवश्यक पर्ने बाथ टब, ट्वाइलेट प्यान, ट्वाइलेट कमोट, बेसिन, धारा, सावर टबलगायतका सामग्री राखिएका छन् ।

श्रेष्ठका अनुसार एक्स्क्लुसिभ सो–रुममा राखिएका पेरिवेयर र बाथवेयरका सामानहरु ब्लियो, गुणस्तरीय, टिकाउ हुने छन् । ‘यी सामानहरु वारेन्टी भन्दा बढी टिकाउ हुन्छन्, सर्भिसपनि सर्वोत्कृष्ट छ’–उनले भने ।

लेखनाथ र पोखराका ग्राहकलाई लक्षित गरेर पेरिवेयर सञ्चालनमा ल्याएको उनले बताए । उनले आफ्नो सोरुममा गुणस्तरिय सामान सर्वशुलभ मूल्यमा प्राप्त हुने बताए ।

शुभारम्भ कार्यक्रममा बोल्दै रोका पेरिवेयर (बाथरुम प्रोडक्ट्स) का प्रबन्ध निर्देशक केई रंगनाथले आफ्नो कम्पनीका सामानतथा सर्भिस गुणस्तरिय भएको बताए । उनले भने,‘हाम्रो सामान त गुणस्तरीय छ नै, हाम्रो सर्भिसपनि सर्वसुलभ र गुणस्तरीय छ ।’उनले आफ्नो कम्पनी विश्वमै नम्बर वान रहेको र भारतसँगै नेपालमापनि यसको माग राम्रो रहेको बताए । उनले पोखरामा पनि यसको माग राम्रो भएको र सो–रुम सञ्चालनपछि थप माग बढ्ने विश्वास व्यक्त गरे ।

कम्पनीका नर्थ ईण्डिया प्रमुख मधुसुदन पाण्डेले एक्स्क्लुसिभ सो–रुमपछि पोखरा र लेखनाथ क्षेत्रमा सहज रुपमा सामान उपलब्ध हुने विश्वास व्यक्त गरे । उनले पोखरा विकासशील ठाउँ भएकाले यसको प्रयोग धेरै हुने आशा कम्पनीको रहेको बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।