पोखरा । गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले समाजका सबै समुदायको समुचित विकास हुन आवश्यक भएको बताएका छन् ।
पोखरा १८ को सिमाना मार्ग आर्दश बस्ती सहितको सडक बाटो सोमबार अवलोकन गर्दै मन्त्री बरालले हरेक समाजको समुचित विकास हुनु पर्नेमा जोड दिएका हुन् ।
कुनै मसाजमा एक/दुई जना धनि हुदैमा समाजका सबै धनि हुन नसक्ने बताउदै मन्त्री बरालले समाजका सवै मानिसहरु स–सम्मान पूर्वक बाच्न पाउने बनाउनु पर्ने उल्लेख गरे । उनले भने“ घर अगाडी चिल्लो बाटो, घर घरमै धारा जडान भएको छ तर त्यो समाजमा मानिस अपमानित र हेपिएको छ भने बास्तवमा भित्रबाटै न्याय भएको महशुस हुदैन ।” माओबादी केन्द्रका नेता समेत रहेका मन्त्री बरालले सामाजिक न्याय सहितको विकास आवश्यक भएको बताए । जहाँ पहुच छ त्यहाँ मात्र बढी विकास भएको नेपालको परम्परा रहेको उनको भनाई थियो । चुनावको मुखमा विकासको नाममा विभिन्न ललि पप आउने हुदा त्यस तर्फ मतदाता अब सर्तक हुनुपर्ने मन्त्री बरालको भनाई थियो ।
माओबादी केन्द्र पोखरा १८ का पुर्व अध्यक्ष एवं पोखरा १८ का प्रत्यासि वडा अध्यक्ष राजु तिमिल्सिनाले न्यान सहितको अधिकार प्रदान गर्न आफ्नो स्थानिय तहको निर्वाचनमा आफ्नो उमेदवारी भएको बताए ।
सराङकोटमा खानेपानी समस्या समाधनको लागि मन्त्री बरालको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै तिमिल्सिनाले हाल केही छुट पुट बस्तीमा पानी वितरणमा केही समस्या भएको बताए ।
माओबादी केन्द्रका युवा नेता युवराज खतिवडाले उक्त सडक सहितको खोलामा तारजाली लगाउन व्यक्तिगत रुपमा एक लाख सहयोग गर्ने घोषणा सहित बाँकी थप सहयोग उपलब्ध गराउन पहल गर्ने जनाए ।
माओबादी केन्द्र पोखरा १८ का अध्यक्ष पुर्णाखर तिमिल्सिनाले आफ्नो पार्टीले गरिब तथा विपन्न बर्गको पक्षमा वकालत गर्दै आएको बताए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







