नाट्टा गण्डकीको अध्यक्षमा हरिराम अधिकारी


     एभरेस्ट आवाज    
     वैशाख ५ गते २०७९ मा प्रकाशित




पोखरा । नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्टस्(नाट्टा) गण्डकी प्रदेशको २७ औँ साधारणसभा तथा १२ औँ अधिवेशनले हरिराम अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

सोमबार भएको अधिवेशनले अधिकारीको अध्यक्षतामा दुई वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको हो । कार्यसमितिको प्रथम उपाध्यक्षमा प्रथम उपाध्यक्षमा किशोर दाहाल, द्वितीय उपाध्यक्षमा कमला गिरी, महासचिवमा सङ्गीता पौडेल, सचिवमा चेतन कार्की र कोषाध्यक्षमा नवराज भण्डारीलाई चयन भएका छन् ।

यस्तै समितिको सदस्यहरुमा ताराप्रसाद गौतम, सन्दिप श्रेष्ठ, सुशिला सिग्देल, खिमबहादुर नेपाली, लिलाबल्लभ पोखरेल, रत्नराज रेग्मी र तुलबहादुर गुरुङलाई चयन गरेको छ ।

यसअघि अधिवेशनको गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उद्घाटन गरेका थिए । उनले पर्यटन समृद्धिको महत्वपूर्ण आधार भएको बताए । नाट्टा गण्डकी प्रदेशका अध्यक्ष सञ्जयकान्त सिग्देलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।