पर्वतमा उम्मेदवार टुंगाउन दलहरुलाई सकस


     एभरेस्ट आवाज    
     वैशाख ११ गते २०७९ मा प्रकाशित




स्थानीय तहको निर्वाचन अन्तर्गत आज र भोली उम्मेदवारी दर्ताको कार्य तालिका छ।

निर्वाचन आयोगले वैशाख ११ र १२ गते उमेदवारी दर्ताको समय निर्धारण गरे पनि पर्वत जिल्लामा भने उम्मेदवारहरुको अझै टुंगो लागेको छैन्।

निर्वाचन कार्य तालिका अनुसार प्रत्येक निर्वाचन पालिका क्षेत्रमा सोहि पालिकामा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गर्नुपर्नेछ। स्थानीय पालिकाका प्रमुख, अध्यक्ष तथा उपप्रमुख, उपाध्यक्ष र वडा अध्यक्ष तथा सदस्यहरुले आज र भोलीसम्ममा उम्मेदवारी दर्ता गराउनुपर्नेछ।

पर्वत जिल्लामा ५ दलीय गठबन्धन र एमालेवीच कडा प्रतिस्पर्धा हुने देखिएपनि उम्मेदवारहरुको अझै निधो भईसकेको छैन्। शनिवार रातीसम्म गठबन्धनको वैठक जारी थियो। केहि वडा र पालिकाहरुमा अझै पनि भागबण्डाको सहमती जुटन नसकेका कारण गठबन्धनवीच सहमती हुन सकेको छैन। गठबन्धनमा भागवण्डाको सहमती नभएका कारण उम्मेदवारको अझै टुंगो लाग्न सकेको छैन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।