लुम्बिनी विकास बैंकद्वारा पोखरामा वित्तीय जनचेतना मूलक प्रभातफेरी


     एभरेस्ट आवाज    
     वैशाख १८ गते २०७९ मा प्रकाशित




लुम्बिनी विकास बैंक लिमिटेडले सर्वसाधारणहरुमा वित्तीय पहुँचको विस्तार होस् भन्ने उद्देश्यले पोखरामा वित्तीय जनचेतना मूलक प्रभातफेरी गरेको छ।

विभिन्न वित्तिय साक्षरता सम्वन्धित जनचेतनामूलक गतिविधिहरु गर्दै आइरहेको बैंकले पोखरामा प्रभातफेरी गरेको हो।

पोखराको न्यूरोडस्थित बैंकका शाखाबाट सुरु भएको प्रभातफेरी कार्यक्रम चिप्लेढुंगा, महेन्द्रपुल, नयाँबजार, पृथ्वीचोक हुदै पुन न्यूरोड शाखामा आएर समापन भएको थियो। प्रभातफेरीमा बैंकको पोखरा शाखाहरु तथा बैंकको केन्द्रिय कार्यालयबाट समेत कर्मचारीहरुको सहभागिता थियो।

कार्यक्रमको उद्घाटन गर्दै बैंकको संचालक समितिका अध्यक्ष दसरथ रिसालले सबैको पहुँचमा बैंक पु¥याउने उद्देश्यले कार्यक्रमको आयोजना गरेको बताए। उनले गाउँमा हैन शहरमा पनि बैंकको पहुँच बाहिर रहेको बताए।

बैंकका प्रमुख कार्यकारी अधिकृत नरेशसिंह बोहराले सर्वसाधारणहरुमा वित्तीय पहँुचको विस्तार होस् भन्ने उद्देश्यले प्रभातफेरी कार्यक्रमको आयोजना गरेको बताए। लुम्बिनी विकास बैंक लिमिटेडले ‘निरन्तर सहयात्रा’ भन्ने नाराका साथ देशभरका विभिन्न शाखाहरुबाट ग्राहक महानुभावहरुलाई उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधि सहितको बैंकिङ सेवा प्रदान गर्दै आइरहेको बैंकका पोखरा न्यूरोड शाखाका शाखा प्रबन्धक बलबहादुर ढकालले जानकारी दिए।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।