पोखरा–१७ बाट वडा अध्यक्षमा बागी उम्मेदवारी दिएका नेपाली काँग्रेसका कार्यकर्ता दीपेन्द्र बरालले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।
उनले नेपाली काँग्रेस र गठबन्धनका आधिकारिक उम्मेदवारहरुलाई समर्थन गर्ने प्रेस विज्ञप्तीमार्फत जानकारी दिएका छन्।
आफूले नेपाली काँग्रेस र जनताको हितका लागि उम्मेदवारी त्यागेर पार्टीको आधिकारिक उम्मेदवारलाई सघाउने निर्णय लिएको बरालले बताएका छन्। काँग्रेसभित्र प्रजातान्त्रिक मूल्य मान्यता स्थापित गर्नका लागि आफूले स्वतन्त्र उम्मेदवारी दिएको र नेतृत्व तहबाट त्यसको सम्बोधन गर्ने प्रतिबद्धता पछि उम्मेदवारी फिर्ता लिएको उनले बताए।
बरालले आफ्नो उम्मेदवारी फिर्ता गरेसँगै महानगरको १७ नं वडामा गठबन्धन र एमाले उम्मेदवारबीच कडा टक्कर हुने अनसमान लगाइएको छ। गठबन्धनबाट सँयुक्त रुपमा उम्मेदवारी दिएका देवराज आचार्यले भनेका छन्, ‘हामीलाई हाम्रै पार्टीको साथीबाट सहयोग नमिल्ला कि भन्ने थियो, तर उहाँले हामीलाई नै सपोर्ट गर्ने निर्णय गरेर हाम्रो जित सुनिश्चित गराईदिनुभएको छ।’
वडा नम्बर १७ का अध्यक्ष उम्मेदवार देवराज आचार्यले भने, ‘उहाँलाई मनाउन पार्टीले लगाएको बलले काम गरेको छ। हामी सँगसँगै चुनावी घरदैलोमा हुनेछौँ।’
बराललाई स्वतन्त्र उम्मेदवारीबाट फिर्ता गराउनका लागि नेपाली काँग्रेसका नेता धनराज गुरुङले सक्रियता देखाएका थिए।
गुरुङले अन्तिम समयमा आएर भएपनि पार्टीप्रति सकारात्मक भएर बरालले ठुलो गुन लगाएको प्रतिक्रिया दिए। पार्टीको आधिकारिक उम्मेदवारलाई सघाउन र उम्मेदवारी फिर्ता लिन गरेको आग्रह बरालले स्वीकार्दै गठबन्धनको चुनाव प्रचारमा आफू संलग्न हुने बताएका छन्।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । सञ्चार क्षेत्रमा लामो समयदेखि सक्रिय रोजी श्रेष्ठ अब व्यवसायिक यात्रामा…






