पोखरामा थापाभन्दा आचार्य १२८५ मतले अगाडी

- इलेक्सन अपडेट्स


     एभरेस्ट आवाज    
     जेठ ३ गते २०७९ मा प्रकाशित




स्थानीय तह निर्वाचन २०७९ मा पोखरा महानगरको मेयर, उपमेयर पदमा गठबन्धले अग्रता कायम राखेका छन्।

हालसम्म २० हजार ६ सय ६० मत गन्दा गठबन्धनका उम्मेदवार धनराज आचार्यले निकटतम प्रतिद्वन्द्वी एमालेका कृष्ण थापालाई १२ सय ८५ मतले पछि पारेका छन्।

आचार्यले ८ हजार ५ सय ६३ मत ल्याएका छन्। एमालेका थापाले ७ हजार २ सय ७८ मत ल्याएका छन्।

त्यस्तै, उपमेयर पदका लागि गठबन्धकै तर्फबाट उम्मेदवार बनेकी कोपिला रानाभाटले पनि निकटतम प्रतिद्वन्द्वी एमालेकी मञ्जु गुरुङलाई ६ सय १५ मतले पछि पारेकी छन्।

रानाभाटले ८ हजार ८ सय ७६ मत ल्याएकी छन् भने प्रमुख प्रतिद्वन्द्वी गुरुङले ८ हजार २ सय ७१ मत ल्याएकी छन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।