पोखरामा धनराज एमालेका थापा भन्दा १७५० मतले अघि


     एभरेस्ट आवाज    
     जेठ ३ गते २०७९ मा प्रकाशित




पोखरा । पोखरा महानगरपालिकाको मेयर पदमा धनराज आचार्यले मतान्तर बढाउँदै लगेका छन् । गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार आचार्यले नेकपा एमालेका उम्मेदवार कृष्ण थापासँगको मतान्तर १ हजार ७ सय ५१ पु¥याएका हुन् ।

हालसम्म २८ हजार १ सय ६० मत गणना सम्पन्न हुँदा आचार्यले ११ हजार ८ सय १२ मत प्राप्त गरेर अग्रता कायम राखेका छन् । उनलाई एमालेका कृष्ण थापाले १० हजार ६२ मत ल्याएर पछ्याईरहेका छन् ।

त्यस्तै राप्रपाका शंकर खरालले १ हजार २ सय ७१ र स्वतन्त्रका अटेरी उम्मेदवार गनेस पौडेलले ६ सय ६९ मत प्राप्त गरेका छन् ।

उपमेयरमा नेपाली कांग्रेसकी कोपिला रानाभाटले अग्रता कायम राखेकी छन् । रानाभाटले एमालेकी मञ्जुदेवी गुरुङसँगको मतान्तर ६ सय ५१ पु¥याएकी छन् । रानाभाटले १२ हजार १ सय ३० मत प्राप्त गरेकी छन् भने एमालेकी गुरुङले ११ हजार ४ सय ७९ मत ल्याएर पछ्याईरहेकी छन् । राप्रपाकी रञ्जना सेनले १ हजार ६९ मत प्राप्त गरेकी छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।