पोखरा २८ मा कांग्रेस जित नजिक


     एभरेस्ट आवाज    
     जेठ ६ गते २०७९ मा प्रकाशित




पोखरा महानगरपालिका वडा नम्बर २८ मा नेपाली कांग्रेस जित नजिक पुगेको छ । पोखरा २८ को वडाध्यक्षसहित सदस्यमा कांग्रेस उम्मेदवार बिजय नजिक पुगेका हुन् । वडाध्यक्षमा कांग्रेस उम्मेदवार १४५७ मतसहित अग्रता लिएका छन् भने एमाले उम्मेदवार १३२२ मत ल्याएर पछ्याईरहेका छन् । त्यस्तै, महिला सदस्यमा कांग्रेस उम्मेदवार १४४७ मतसहित अग्रता लिदा एमाले उम्मेदवार १३००, दलित महिला सदस्यमा कांग्रेस उम्मेदवार १३६६ मत ल्याएर अग्रता बनाउँदा एमाले उम्मेदवार १३३४ मत ल्याएर पछ्याईरहेका छन् ।

यसैगरी खुल्ला दुई सदस्यमा कांग्रेस उम्मेदवार (एक रुख) १३०३ र एमाले उम्मेदवार १२८६ (दुई रुख)ले अग्रता बनाउँदा कांग्रेस उम्मेदवार (दुई रुख) र एमाले उम्मेदवार (दुई सूर्य १२५८) मत ल्याएर पछ्याईरहेका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।