भोलिबाट हवाई भाडा बढ्दै, काठमाण्डौं–पोखराको भाडा ६,३०५ रुपैयाँ


     एभरेस्ट आवाज    
     जेठ ९ गते २०७९ मा प्रकाशित




फाइल तस्विर

काठमाण्डौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य बढाएपछि हवाई भाडा समेत बढेको छ ।

बुधबारबाट लागू हुने गरि वायु सेवा सञ्चालक संघले हवाई भाडा बढेको जानकारी गराएको छ ।

संघका अनुसार काठमाडौंबाट पोखराको रुटमा एकैपटक १६० रुपैयाँ बढेको छ । यसअघि ३ हजार ४७० रुपैयाँ कायम गरिएको सो रुटमा अव अधिकतम ६ हजार ३०५ रुपैयाँ भाडा लाग्ने भएको छ ।

निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँ वृद्धि गरी १६६ रुपैयाँ पु¥याएको छ । अब काठमाडौंबाट हुने माउन्टेन फ्लाइटमा ३४० रुपैयाँ मूल्य बढेको छ । माउन्टेन फ्लाइटको मूल्य १३ हजार ७६५ रुपैयाँ पुगेको छ ।

काठमाडौं–धनगढी ४४५ , काठमाडौं–भद्रपुर ३ सय, काठमाडौं– विराटनगर २४०, काठमाडौं–जनकपुर १३०, काठमाडौं–भरतपुर ११०, काठमाडौं–भैरहवा २०५, काठमाडौं–नेपालगञ्ज ३२५, काठमाडौं–तुम्लिङटार १८५ र काठमाडौं–सिमरा रुटमा ९० रुपैयाँ भाडा बढेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।