चिनियाँ विदेशमन्त्री र राष्ट्रसंघीय मानवअधिकारसम्बन्धी उच्चायुक्तबीच भेटवार्ता


     एभरेस्ट आवाज    
     जेठ १० गते २०७९ मा प्रकाशित





ः चिनियाँ विदेशमन्त्री वाङ यी र संयुक्त राष्ट्रसंघीय मानव अधिकारसम्बन्धी उच्च आयुक्तबीच चीनमा भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसंघीय मानव अधिकारसमबन्धी उच्च आयुक्त माइकल बेचलेट हाल चीनमा छन् । चीन पुग्नुभएका उनी र चिनियाँ विदेशमन्त्री वाङका बीचमा ग्वान्जाउमा भेटवार्ता भएको छ ।


सो भेटमा आफूले संयुक्त राष्ट्रसंघीय मानव अधिकार सम्बन्धी उच्च आयुक्तलाई १७ वर्षपछि पहिलो पटक भेट गरेको जानकारी विदेश मन्त्री यीले दिनुभएको थियो । विदेशमन्त्री यीले संयुक्त राष्ट्रसंघीय उच्च आयुक्तको यो भ्रमण चीन र संयुक्त राष्ट्रसंघका बीचमा महत्वपूर्ण हुने विश्वास पनि व्यक्त गरेका छन् ।

यस भ्रमणबाट चीन र संयुक्त राष्ट्रसंघका बीचको आपसी समझ्दारीको विकासमा थप सहयोग पुग्ने चिनियाँ विदेशमन्त्री यीले बताएका छन् ।
रासस

यस भ्रमणबाट चीन र संयुक्त राष्ट्रसंघका बीचको आपसी समझ्दारीको विकासमा थप सहयोग पुग्ने चिनियाँ विदेशमन्त्री यीले बताएका छन् ।
रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।