तस्बीरः एजेन्सी
पोखरा महानगरपालिका वडा नं. २८ माझठानामा सेवा केन्द्र बिस्तार गरिने भएको छ।
महानगरको सो वडाबाट नवनिर्वाचित वडाध्यक्ष लगायत जनप्रतिनिधिहरुको पहिलो बैठकले एकीकृत सम्पत्ति कर संकलनका लागि माझठानामा सेवा विस्तार गर्ने निर्णय गरेको हो।
पदभार कार्यक्रममा वडाध्यक्ष श्रीकृष्ण लामिछानेले भौगोलिक हिसाबले पोखरा २८ ठूलो र यातायत सुविधासमेत नभएको हुनाले कम्तिमा पनि हप्ताको २ दिन सम्पत्ति कर संकलनका लागि माझठानामा सेवा केन्द्र विस्तार गर्ने निर्णय गरिएको जनाए।
उनले सामाजिक सुरक्षा भत्ता वडा कार्यालयबाटै वितरण गर्ने र वडाभित्रका अति अशक्त आफ्नो हेरचाह आफै गर्न नसक्ने व्यक्तिलाई आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरिएको स्पष्ट पारे।
वडाध्यक्ष लामिछानेले जनतालाई प्रत्यक्ष अनुभूति हुने खालका कामहरु गर्नका लागि आफू तयार रहेको भन्दै यसमा सबैको साथ र सयोगको अपेक्षा राखेको उल्लेख गरे।
कार्यक्रममा नेपाली काँग्रेस कास्कीका निर्वतमान सभापति कृष्ण केसी, निर्वतमान वडाध्यक्ष निर्मल दियाली, नेकपा एमाले पोखरा २८ का अध्यक्ष रामकृष्ण तिवारी, नेपाली काँग्रेसका युवा नेता राजेश अधिकारी, नेकपा (एकीकृत समाजवादी) पोखरा २८ का अध्यक्ष केशवदास त्रिपाठी लगायतले बोलेका थिए।
वडाध्यक्ष श्रीकृष्ण लामिछाने, वडा सदस्यहरु डाल्डादेवी भुजेल, ईन्द्रकला विक, कमल थापा र वीरेन्द्र भण्डारीको पदस्थापन गरिएको हो। कार्यक्रममा वडासचिव अर्जुनप्रसाद सुवेदीलगायतको सहभागिता थियो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । गण्डकी प्रदेशमा नसर्ने रोगका बिरामीको संख्या बढ्दै गएको तथ्याङ्क सार्वजनिक…






