मुख्य पदमार्गमा पर्यटक स्वास्थ्य केन्द्र स्थापना गरिने


     एभरेस्ट आवाज    
     जेठ २४ गते २०७९ मा प्रकाशित




पोखरा । गण्डकी प्रदेश सरकारले पर्यटक स्वास्थ्य केन्द्र स्थापना गर्ने भएको छ । गण्डकी प्रदेश सरकारले प्रदेश भित्रका मुख्य पदमार्गहरुमा पर्यटक स्वास्थ्य केन्द्र स्थापना गर्ने भएको हो । गण्डकी प्रदेशको आगामी आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रममा पर्यटक स्वास्थ्य केन्द्र स्थापना गर्ने कार्यक्रम समावेश भएको हो ।

त्यस्तै, सरकारले पद प्रदर्शकलाई हाई अल्टिच्यूड सिकनेस तालिमपनि सञ्चालन गर्ने भएको छ । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले भने,‘पर्यटकको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी मेडिकल पर्यटनको नीति अन्तर्गत पथ प्रदर्शकलाई हाई अल्टिच्यूड सिकनेस तालिमको व्यवस्था गरिनेछ ।’


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।