गोरखकाली टायर उद्योगलाई पुनः सञ्चालनका लागि पहल हुने


     एभरेस्ट आवाज    
     जेठ २४ गते २०७९ मा प्रकाशित




फाइल तस्विर : गोरखकाली रबर उद्योग

पोखरा । गण्डकी प्रदेश सरकारले गोरखकाली टायर उद्योगलाई पुनः सञ्चालनका लागि पहल गर्ने भएको छ ।

गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मंगलबार गण्डकी प्रदेश सभामा गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम–२०७९/८० प्रस्तुत गर्दै सरकारले गोरखकाली टायर उद्योगलाई पुनः सञ्चालनका लागि संघिय सरकारसंग पहल गर्ने जनाए ।

यस्तै सरकारले औद्योगिक वस्तुमा आत्मनिर्भर प्रदेश अभियान सञ्चालन गर्ने जनाएको छ । जसका लागि औद्योगिक उत्पादनमा आत्मनिर्भर हुनसक्ने क्षेत्रहरुको पहिचान गरी आत्मनिर्भर हुन सघाउने मुख्य वस्तु उत्पादनमा विशेष सहयोग तथा सहलियत प्रदान गरिने नीति तथा कार्यक्रममा उललेख छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।