पोखरा, २५ जेठ ।
स्वाभिमान बचत तथा ऋण सहकारी संस्थाले पाँचौं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सव अवसरमा आयोजित समारोहमा सहकारी अध्यक्ष कमलबहादुर रेग्मीले शुभकामना मन्तव्य दिंदै सहकारीको समृद्धिका लागि प्रयास जारी राखेको बताए ।
नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष एवं सहकारी उपाध्यक्ष बिमला भण्डारीले सहकारीले समुुदायमा सहकार्य गर्ने बानीको विकास गरेको बताइन् । उनले यसलाई प्रगतिको बाटोमा लैजान सबैको साथ र सहयोग आवश्यक रहने जनाइन् ।
सहकारी सल्लाहकार देवीबहादुुर थापाले कोभिडको कारणले सुुस्ताएको यस क्षेत्रलाई उठाउन सबै मिलेर लाग्नुुपर्ने बताए । कार्यक्रममा सहकारी सल्लाहकार कर्णेल कृष्णबहादुुर खत्री, पदमबहादुुर थापा, गणेशबहादुुर केसी, उर्मिला खड्का, ऋण सदस्य लालबहादुुर रेग्मी लगायतले शुुभकामना ब्यक्त गरेका थिए । कार्यक्रम संचालन सचिव साराबहादुुर पोखरेलले गरेका थिए ।
करिब ११ करोड लगानी रहेको सहकारीले पोखरा १७ बिरौटाबाट सेवा प्रदान गर्दै आएको छ । सहकारीमा ८ सय ४३ सेयर सदस्य छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







