महालक्ष्मी बैंकले पोखरा महानगरपालिका–९ नयाँबजारस्थित शुभमार्ग टोलविकास समितिलाई सामग्री सहयोग गरेको छ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले समितिलाई कुर्ची, टेबल सहयोग गरेको हो।
शान्ति दर्शन टोल विकास संस्था अन्तर्गतको सो समितिलाई बैंकले ५० वटा कुर्ची र ३ वटा टेबल हस्तान्तरण गरेको हो।
बैंकका गण्डकी प्रदेश प्रमुख गणेशप्रसाद आचार्य, शाखा प्रमुख अस्मिता गौतमले समितिका अध्यक्ष यमकुमार थापालाई सहयोग सामग्री हस्तान्तरण गरेका हुन्।
सहयोग सामग्री प्रदान गरेकोमा बैंकलाई समितिका अध्यक्ष थापाले धन्यवाद दिए।
कार्यक्रममा उक्त वडाका शान्ति दर्शन टोल विकास संस्थाका अध्यक्ष उत्तम जोशीको समेत सहभागिता थियो।
समितिका अध्यक्ष यमबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा समितिका संयोजक गञ्जमान गुरुङले स्वागत र कोषाध्यक्ष तुलबहादुर थापाले कार्यक्रम संचालन गरेका थिए।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







