पोखरा । गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९/ ०८० को लागि आज बजेट प्रस्तुत गर्दै छ ।
अन्तर सरकारी वित्त व्यवस्थापन ऐनमा प्रदेश सरकारले असार १ गते बजेट सार्वजनिक गर्नुपर्ने प्रावधान रहेको छ । सोही प्रावधान बमोजिम प्रदेश सरकारहरुले वार्षिक बजेट सार्वजनिक गर्न लागेका छन् ।
बुधबार अपराह्न ४ बजे बस्ने प्रदेशसभा बैठकमा गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल ‘जीवन’ ले बजेट प्रस्तुत गर्नुहुने भएको छ । गण्डकी प्रदेश सरकारले सरकारले ३६ अर्ब भन्दा बढीको बजेट ल्याउने तयारी गरेको छ ।
गण्डकी प्रदेश सरकारले चालू आर्थिक वर्षका लागि भने ३० अर्ब ३ करोड ९४ लाख २७ हजारको बजेट प्रस्तुत गरेको थियो ।
गण्डकी सरकारले चुनाव केन्द्रित र सत्ता गठबन्धनको योजनालाई प्राथमिकतामा राखेर बजेट ल्याउन लागेका हो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







