प्रदेशस्तरीय बसपार्क निर्माण प्रारम्भ गर्न बजेट विनियोजन


     एभरेस्ट आवाज    
     असार १ गते २०७९ मा प्रकाशित




पोखरा । गण्डकी प्रदेश सरकारले प्रदेशिक बसपार्क बनाउनका लागि बजेट विनियोजन गरेको छ ।


गण्डकी प्रदेश सरकारका तर्फबाट बुधबार प्रदेश सभा बैठकमा अर्थमन्त्री रामजीप्रसाद बरालले गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० का लागि करीब ३६ अर्बको बजेट घोषणा गर्दै यस्तो बताएका हुन् । सरकारले पोखरा महानगरपालिकासँगको साझेदारीमा प्रदेशस्तरीय बसपार्क निर्माण प्रारम्भ गर्न बजेट विनियोजन गरिएको मन्त्री बरालले बताए ।

पोखरा क्षेत्रीय अन्र्तराष्ट्रिय विमानस्थलबाट पोखराको लेकसाईड र लेखनाथसम्म पुग्नसक्ने वैकल्पिक मार्ग सम्बन्धमा सम्भाव्यता अध्ययन गर्न आवश्यक बजेटको व्यवस्था मिलाइएको उनले बताए ।

त्यस्तै, पोखरामा अत्याधुनिक अन्र्तराष्ट्रिय सम्मेलन केन्द्र निर्माण कार्यको प्रक्रिया प्रारम्भ गर्नका लागि बजेट विनियोजन गरिएको छ ।

पोखराको विभूतिपार्क नजिकै स्थापना गर्न लागिएको सूचना प्रविधि पार्क स्थापनाका लागि विस्तृत परियोजना प्रतिवेदन तयार गरी भौतिक पूर्वाधार निर्माणको कार्यलाई निरन्तरता दिन ३ करोड ७० लाख विनियोजन गरिएको छ ।

त्यस्तै प्रदेशमा डाटा सेन्टर स्थापना गरी सञ्चालनमा ल्याईने भन्दै त्यसका लागि ५ करोड विनियोजन गरिएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।