नाट्टा गण्डकीको रक्तदान


     एभरेस्ट आवाज    
     असार ५ गते २०७९ मा प्रकाशित




पोखरा । नेपाल एशोसिएसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशले आयोजना गरेको रक्तदान कार्यक्रममा ३८ यूनिट रगत संकलन भएको छ ।

आइतबार पोखरामा सम्पन्न भएको कार्यक्रममा ३८ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक नाट्टा गण्डकीका सदस्य सुशिला सिग्देलले जानकारी दिइन् ।

कार्यक्रमको पोखरा महानगरपालिका वडा नम्वर ६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराईले पहिलो रक्तदाता नाट्टा गण्डकीका हरिराम अधिकारीलाई व्लड व्याग हस्तान्त्रण गर्दै उद्घाटन गरे ।

विश्वव्यापी कोभिड–१९ को प्रभावका कारण रक्त सञ्चार केन्द्रहरुमा भएको रगतको अभावलाई कम गर्नका लागि सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रमको आयोजना गरिएको कार्यक्रम संयोजक सिग्देलले जानकारी दिइन् ।

एभरेस्ट एफएम ९३ मेगाहर्ज मिडिया पार्टनर र क्षेत्रिय रक्तसञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रम संस्थाका अध्यक्ष हरिराम अधिकारीको अध्यक्षतामा सम्पन्न भएको संस्थाका महासचिव संगिता पौडेलले जानकारी दिइन् । 


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।