काठमाण्डौं । यातायात व्यवस्था विभागले सार्वजनिक गाडी भाडा बढाएको छ । आइतबार नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा चर्को वृद्धि गरेसंगै विभागले भाडा बढाएसंगै विभागले भाडा समायोजन गरेको हो ।
विभागले आजैदेखि लागू हुने गरी यात्रुवाहक गाडीमा पाँच दशमलव ३० प्रतिशत, पहाडी बाटोमा चल्ने मालवाहक गाडीमा ६ दशमलव ९४ र तराईको बाटोमा चल्ने मालवाहक गाडीमा सात दशमलव सात प्रतिशतले भाडा बढाएको छ । नयाँ भाडादर एक प्रदेशबाट अर्को प्रदेशमा वा राष्ट्रिय राजमार्गमा चल्ने गाडीमा लागू हुने विभागले जनाएको छ
बढाएको भाडाअनुसार सबैभन्दा धेरै काठमाण्डौबाट धनगढी, सितामढी हुँदै अछामको साँफेबगर जाने यात्रुले दुई हजार आठ सय ८९ रुपैयाँ गाडी भाडा तिर्नुपर्नेछ ।
यस्तै काठमाण्डौं–पोखरा ६६० रुपैयाँ तिर्नुपर्ने भएको छ । यस्तै दाङ–तुल्सीपुर–नारायणगढ–मुग्लिन हुँदै पोखराको भाडादर १२४१, नेपालगञ्ज –पोखरा १३८४, पोखरा–गौर ९४७, पोखरा–जनकपुर १०८९, पोखरा – धरान १५४९, पोखरा– नारायणगढ ४१२, पोखरा–नारायणगढ–भैरहवा ८१८ रुपैया पुगेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







