४ खेल पत्रकारलाई एनओसी अवार्डको सम्मान


     एभरेस्ट आवाज    
     असार १० गते २०७९ मा प्रकाशित




नेपाल ओलम्पिक कमिटीले ४ जना खेल पत्रकारलाई सम्मान गरेको छ।

ओलम्पिक दिवसको अवसरमा एनओसीले खेल पत्रकारलाई एनओसी अवार्ड प्रदान गरेको हो।

बीबीसीका निरन्जन राजवंशीले एनओसी बेस्ट मल्टिमिडिया जर्नालिस्ट अवार्ड प्राप्त गरेका छन्। कान्तिपुर दैनिकका पत्रकार राजु घिसिङले एनओसी बेस्ट प्रिन्ट जर्नालिस्ट अवार्ड प्राप्त गरे।

यसैगरी, राजेन्द्र चित्रकारले एनओसी बेस्ट स्पोर्ट्स फोटो जर्नालिस्ट अवार्ड प्राप्त गर्दा कान्तिपुर टेलिभिजनकी सबिना कार्कीले एनओसी बेस्ट भिजुअल जर्नालिस्ट अवार्ड प्राप्त गरिन्।

अवार्ड प्राप्त गर्ने सबैले जनही ५० हजार रुपैयाँ प्राप्त गरे। एनओसीले पहिलो पटक अवार्ड वितरण गरेको हो।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।