रुपा गाउँपालिकाको बजेट ४९ करोड ३९ लाख


     एभरेस्ट आवाज    
     असार १० गते २०७९ मा प्रकाशित




पोखरा । रुपा गाउँपालिकाले आगामी आर्थिक वर्ष ०७९/ ८० का लागि करीब साढे ४९ करोडको बजेट ल्याएको छ ।

रुपा गाउँपालिकाको विहीबार भएको गाउँसभामा उप–प्रमुख लालसुब्बा गुरुङले ४९ करोड ३९ लाख रुपैयाँको बजेट प्रस्तुत गरेकी हुन् ।

प्रस्तुत बजेटमध्ये ८ करोड ८८ लाख नेपाल सरकारबाट प्राप्त हुने वितीय समीकरण अनुदान, नेपाल सरकारबाट प्राप्त हुने राजश्व बाँडफाँडतर्फ ६ करोड ८६ लाख, प्रदेश सरकारबाट समीकरण अनुदान ९४ लाख, प्रदेशको राजश्व बाँडफाँडबाट ४३ लाख प्राप्त हुने अनुमान गरिएको उप–प्रमुख गुरुङले उल्लेख गरिन् ।

त्यस्तै, प्रदेश सरकारबाटै समपुरक अनुदान २ करोड, जिल्ला समन्वय समितिको मौज्दात कोषबाट १ करोड ४ लाख, गाउँपालिकाको अघिल्लो वर्षबाट ३ करोड र आगामी वर्षको आन्तरिक स्रोतबाट २ करोड ११ लाख व्यहोरिने गुरुङले बताईन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।