भरतपुरमा सम्पन्न दोस्रो मेयर कप राष्ट्रिय तेक्वान्दो प्रतियोगितमा काठमाडौंको चन्द्रागिरि नगरपालिका पहिलो भएको छ। चन्द्रागिरि ६ स्वर्ण, १ रजत र ३ कास्य पदकसहित पहिलो भएको हो।
प्रतियोगितामा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिका १२ पदकसहित दोस्रो भएको छ। गैँडाकोटले ५ स्वर्ण, ५ रजत र २ कास्य प्राप्त गरेको राष्ट्रिय तेक्वान्दो संघ नेपाल चितवन शाखाका अध्यक्ष विकास श्रेष्ठले जानकारी दिएका छन्।
यस्तै, २३ पदकसहित भरतपुर महानगरपालिका तेस्रो भएको छ। भरतपुरले ४ स्वर्ण, ७ रजत र १२ कास्य प्राप्त गरेको छ। प्रतियोगितामा चितवनकै माडी नगरपालिकाले सान्त्वना पुरस्कार हासिल गरेको छ। माडीले २ स्वर्ण, ४ रजत र २ कास्य प्राप्त गरेको छ।
प्रतियोगितामा महिलातर्फ पर्वतको पैयुँ गाउँपालिकाकी प्रतिका थापा र पुरुषतर्फ काठमाडौँको चन्द्रागिरिका सुजल कार्की उत्कृष्ट खेलाडी घोषित भए। प्रतियोगितामा ७ प्रदेशका करिब ३ सय खेलाडी सहभागी थिए।
रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


भोलि बुधबारदेखि फ्लाई दुबईले सुरु गर्ने दुबई–पोखरा–दुबई सीधा हवाई उडानलाई लक्ष्य गरी…






