लोकसेवा आयोगले लिएको परीक्षाबाट ६६० जना भन्सार एजेन्टमा छनोट भएका छन्।
भन्सार विभागले एक सूचना जारी गर्दै भन्सार एजेन्टहरुको अन्तिम नतिजा सार्वजनिक गरेको हो।
लोकसेवा आयोगले भन्सार एजेन्टका लागि गत वैशाख १७ गते लिखित परीक्षा लिएको थियो। उक्त परीक्षाको नतिजा बुधबार सार्वजनिक गरेको हो।
लिखित परीक्षाबाट अन्तवार्ताका लागि ८ सय ६० जना छनोट भएको भन्सार विभागले सूचनामार्फत जानकारी गराएको छ। छनोट भएकाहरूले असार ५ गतेदेखि असार १३ गतेसम्म अन्तर्वार्ता दिएका थिए।
अन्तर्वार्तामा सहभागी ८५७ जना उम्मेदवारहरु मध्येबाट ६६० जना नयाँ भन्सार एजेन्ट छानिएको भन्सार विभागले जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







