धादिङ–पोखरा सम्पर्क समाजले शनिबार पोखरामा रक्तदान कार्यक्रमको अयोजना गर्दैछ।
समाजको स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको हो। पोखराको सभागृह चोकमा शनिबार विहान रक्तदान गर्ने समाजले बताएको छ।
कार्यक्रमको सबै तयारी पूरा भएको कार्यक्रम संयोजक एवं समाजकी कार्यसमिति सदस्य भगवती खतिवडाले जानकारी दिएकी छन्।
समाजको यो १९ औं रक्तदान कार्यक्रम हो। धादिङ समाजलाई उत्कृष्ट रगत संकलन गर्ने संस्थाको रुपमा लिइन्छ। समाजले नेपाल रेडक्रस सोसाइटीबाट उत्कृष्ट संस्थाको रुपमा अवार्डसमेत पाइसकेको छ।
समाजका अध्यक्ष गोकर्ण लम्सालले रक्तदान कार्यक्रममा सहभागी हुन सबैमा आग्रह गरेका छन्। यो नितान्त सामाजिक कार्य भएकाले सहयोग गर्नु सबैको कर्तव्य भएको उनले बताए।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । गण्डकी प्रदेशमा नसर्ने रोगका बिरामीको संख्या बढ्दै गएको तथ्याङ्क सार्वजनिक…






