चितवनको सौराहाका हात्तीहरु बिहिबार वनभोज कार्यक्रममा रमाएको समाचार छ।
बिहिबार सौराहामै हात्तीलाई खाना खुवाउने सामुहिक कार्यक्रम आयोजना गरिएको थियो।
यसअघि, उचित खानपिन तथा उपचारको अभावमा अघिल्लो सातामा मात्र काजलकली नाम गरेकी हात्तीले प्राण त्याग गरेकी थिइन्।
बागमती प्रदेशको आर्थिक सहयोग आयोजित हात्तीहरुको वनभोज कार्यक्रममा प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठ पनि सहभागी भए। मन्त्री श्रेष्ठले पर्यटनको विकासको लागि हात्ती अभिन्न अंगको रुपमा स्थापित भइसकेको धारणा व्यक्त गरे।
हात्तीहरुलाई खाना खुवाउने कार्यक्रममा भने दिवंगत हात्ती काजलकलीकै सम्झना गरियो। कतिपयले प्रदेश सरकारको असयोगका कारण काजलकलीले उपचार नपाएरै ज्यान गुमाउनु परेको गुनासो गरे।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । गण्डकी प्रदेशमा नसर्ने रोगका बिरामीको संख्या बढ्दै गएको तथ्याङ्क सार्वजनिक…






