नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज (सोमबार) पनि बस्ने भएको छ।
आइतबारदेखि काठमाडौंमा सुरु भएको बैठकले सोमबार पनि निरन्तरता पाउने भएको हो।
बैठकका लागि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न ८ वटा एजेन्डा प्रस्तुत गरेका थिए। आइतबारको बैठकले ३७३ केन्द्रीय सदस्यको टुंगो लगाएको छ।
जसमा प्रचण्ड अध्यक्ष र अन्य ३७२ जना केन्द्रीय समिति सदस्य रहेका छन्।
केन्द्रीय सदस्यमा नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, गणेश शाह, गिरिराजमणि पोखरेल, चक्रपाणी पोखरेल, जनार्दन शर्मा, देवप्रसाद गुरुङ, देवेन्द्र पौडेल, पम्फा भुसाल, वर्षमान पुन, मातृकाप्रसाद यादवलगायत छन्। ४ केन्द्रीय सदस्य खाली राखिएको छ।
माओवादीले वैकल्पिक केन्द्रीय सदस्य पनि चयन गरेको छ। ९४ सदस्यीय वैकल्पिक केन्द्रीय सदस्यमध्ये ८६ जनालाई आइतवार मनोनीत गरेर शपथ दिलाइएको छ।
यो बैठकबाट नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका ६, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका ६, जनता समाजवादी पार्टी (जसपा)बाट पार्टी प्रवेश गरेका ३ जनालाई पनि केन्द्रीय सदस्य बनाइएको छ।
यस्तै, स्थायी पदेनमा ज्येष्ठ कम्युनिष्ट मञ्चको अध्यक्षमा नन्दकुमार प्रसाईं, अनुशासन आयोगको अध्यक्षमा टंक राई र लेखा आयोग प्रमुखमा पेशलकुमार खतिवडा चयन छन्।
ओमप्रकाश पुन, रमेश परियार, धनबहादुर महर्जन, कृष्ण अधिकारी, दलबहादुर धामी र शंकरबहादुर खड्कालाई केन्द्रीय सदस्य बनाएको छ।
माओवादीले ललितपुरका गंगा पराजुली, दिनेश महर्जन र राजकाजी महर्जनलाई पनि केन्द्रीय सदस्यमा मनोनित गरेको छ।
यस्तै घनश्यामप्रसाद रजक, मनहरि तिमल्सिना पनि केन्द्रीय सदस्यमा मनोनित भएका छन्।
अखिल क्रान्तिकारीको अध्यक्ष पञ्चा सिंहले पनि केन्द्रीय सदस्यको शपथ लिएकी छन्।
पुसमा भएको आठौं राष्ट्रिय महाधिवेशनमा २ सय ४७ जनाकाे केन्द्रीय समिति चयन गरेको थियो। माओवादीको विधानमा २ सय ९९ सय सदस्यीय केन्द्रीय समिति हुने व्यवस्था छ।
यस्तै त्यसको १५ प्रतिशत मनोनित गरिने र पार्टी एकतामा आएका १० प्रतिशतलाई केन्द्रीय सदस्य बनाउने व्यवस्था छ।
माओवादी विधानमा वैकल्पिक केन्द्रीय सदस्य कूल संख्याको २५ प्रतिशत बनाउने उल्लेख छ। त्यही आधारमा केन्द्रीय सदस्य मनोनित गरिएको छ।
यस्तै, ७ भूगोलसहित ९ प्रदेश कमिटीबाट रिपोर्टिङ सकिएको छ। बैठक सोमबार र मंगलबार पनि जारी हुनेछ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, मंसिर ६ । पोखराको मझेरीपाटनस्थित हिमालयन गल्फ कोर्समा सम्पन्न ‘दोस्रो माछापुच्छ्रे…







