माओवादीको केन्द्रीय समिति बैठक जारी


     एभरेस्ट आवाज    
     असार २१ गते २०७९ मा प्रकाशित




नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक जारी छ।

बैठक आइतबारदेखि राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा सुरु भएको हो।

सोमबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले पेश गर्नुभएको १० पृष्ठको संक्षिप्त प्रतिवेदनमाथि छलफल भइरहेको छ।

बैठकमा नेताहरुले अध्यक्षको प्रतिवेदनमाथि धारणा राख्ने क्रम जारी छ। बैठक आज (मंगलबार) सम्म चल्ने बताइएको छ।

प्रतिवेदनमा पार्टीले आगामी दिनमा अवलम्बन गर्नुपर्ने नीति, योजना र कार्यक्रमका बारेमा उल्लेख गरिएको छ। पहिलो दिनको बैठकमा सुदूरपश्चिम प्रदेश अध्यक्ष हरिराम चौधरी, कर्णाली प्रदेश अध्यक्ष विमला केसी, मधेस प्रदेशका इञ्चार्ज गणेश साहलगायतले आफ्नो प्रदेश मातहतको विवरण पेश गरेका छन्।

आइतबारको बैठकमा नेताहरुले पार्टीभित्रको सांगठनिक अराजकतालाई तत्काल सच्याएर जानुपर्नेमा जोड दिएका थिए। गत पुसमा पार्टीको आठौँ महाधिवेशन सम्पन्न गरेको माओवादीले अहिलेसम्म पदाधिकारी चयन गर्न सकेको छैन।

रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।