पोखरा । अन्तराष्ट्रिय सहकारी दिवसको अवसरमा मित्रता बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडद्धारा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
सहकारीले युथ कम्युनिटी क्लब नेपालको सहकार्यमा पोखरामा सम्पन्न भएको उक्त कार्यक्रममा ३९ युनिट रगत संकलन भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि महानगरपालिका सहकारी दर्ता अधिकारी अनिल कार्कीद्धारा संस्थाका उपाध्यक्ष,युथ कम्युनिटी क्लबका केन्द्रीय अध्यक्ष पूर्ण कुमार श्रेष्ठ र नेपाल स्वयंसेवी रक्तदाता समाज कास्कीका संस्थापक अध्यक्ष (हालसम्म ७० औ पटक रक्तदाता) तिर्थ राज अवस्थितलाई सँयुक्त व्याग हस्तान्तर गरी उद्घाटन गरेका थिए ।
कार्यक्रममा पोखरा महानगरपालिका सहकारी संघका अध्यक्ष बलराम गौतम,सहकारीका कानुनी सल्लाहकार रेशम लाल अधिकारी, सल्लाहकार राजु श्रेष्ठ,राष्ट्रिय सहकारी बैकका व्यवस्थापक नरेश पाण्डे ,हबको अपरेटिभको प्रतिनिधि,नेपाल स्वयंसेवी रक्तदाता समाज कास्की निवर्तमान अध्यक्ष जितेन्द्रमान शाक्य लगाएतको उपस्थिती रहेको थियो ।
सहकारीका अध्यक्ष जयन्ती मोक्तानको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सहकारीका सचिव नबिन श्रेष्ठले गरेका थिए ।
युवा व्यवसायीहरुबीच साथ सहयोग र सहकार्यका लागि युवा व्यावसायीहरुको व्यवसायमा आउने समस्या कसरी समाधान गर्न सकिन्छ र सहकारी कसरी गर्न सकिन्छ भन्ने उद्धेश्यका साथ बिगत ३ बर्ष अगाडी पोखराबाट स्थापित क्लब हो । हाल नेपाल भरी नै ३०० जना सदस्य रहेको छ ।
हाल सहकारीले प्रत्येय रुपमा ८ जनालाई रोजगार दिइरहेको र पोखरामा चाडै नै छुटै पहिचान स्थापित गर्ने सस्थाका अध्यक्ष मोक्तानले बताए । उनले रक्तदान कार्यक्रममा सहयोग संघसंस्था तथा व्यक्तिलाई धन्यवाद ज्ञापन गरेका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







