कास्की जिल्लास्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि माछापुच्छ्रे गाउँपालिकाले जितेको छ।
पोखरा रंगशालामा मंगलबार सम्पन्न प्रतियोगितामा समग्रमा १५ स्वर्ण, १४ रजत र १ कास्य पदक सहित माछापुच्छ्रेले उपाधि उचालेको हो।
प्रतियोगितामा पोखरा महानगरपालिका १४ स्वर्ण र ११ रजत सहित उपविजेता बन्दा अन्नपूर्ण गाउँपलिका १ स्वर्ण र २ कास्य सहित तृतीय स्थान हासिल गर्न सफल बन्यो।
प्रतियोगितामा छात्र भलिबलतर्फ अन्नपूर्णले स्वर्ण जित्दा पोखरा महानगरले रजत र माछापुच्छ्रेले कास्य पदक जितेको छ भने छात्रातर्फको भलिबलमा पोखरा महानगरले स्वर्ण, माछापुच्छे«ले रजत र अन्नपूर्णले कास्य पदक हात पारेको छ।
यसैगरी कबड्डीमा छात्रतर्फ पोखराले स्वर्ण र माछापुच्छ्रे गाउँपालिकाले रजत जितेको छ भने छात्रा कबबडीमा माछापुच्छ«ले स्वर्ण र पोखरा महानगरले रजत पदक जितेको छ।
एथलेटिक्स छात्र र छात्रातर्फ माछापुच्छ्रेले स्वर्ण १४, कास्य १२, पोखरा महानगरले १२ स्वर्ण र रजत ९ वटा पदक जित्यो। अन्नपूर्णले समग्रमा ४ कास्य पदक जित्यो।
जिल्लास्तरीय प्रतियोगिताबाट राष्ट्रपति रनिङ शिल्ड अन्तर्गत एथलेटिक्स, भलिबल, कबड्डी, तेक्वान्दो, उशु र कराते गरी ६ खेलहरु आयोजना गरेको थियो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, मंसिर ६ । पोखराको मझेरीपाटनस्थित हिमालयन गल्फ कोर्समा सम्पन्न ‘दोस्रो माछापुच्छ्रे…







