स्मार्टफोन उत्पादक कम्पनी भिभो कतारमा हुने फिफा विश्वकप २०२२ को आधिकारिक प्रायोजक रहने भएको छ ।
भिभो फिफा विश्वकपको २ संस्करणमा आधिकारिक प्रायोजक भइसकेको छ।
यस वर्ष विश्वभरका फुटबलप्रेमीसँग अविस्मरणीय अनुभव आदान–प्रदान गर्न प्रायोजक बन्ने घोषणा गरिएको भिभोले बताएको छ। फिफा विश्वकप फुटबल प्रतियोगिता आगामी नोभेम्बर २१ देखि कतारका विभिन्न रंगशालामा हुनेछ।
विश्वकप फुटबलमा साझेदारी गर्न पाउनु गर्वको विषय भएको कम्पनीले बताएको छ। भिभो नेपालका सीइओ माइकलले ‘फिफा विश्वकप २०२२ कतार’सँगको सहकार्य भिभोका लागि सुखद क्षण हुने बताए। सुन्दर खेल भनेर चिनिने फुटबलसँग विश्वभरका अर्बौंलाई आनन्द प्रदान गर्ने र एकसाथ ल्याउन सक्ने शक्ति रहेको उनको भनाइ छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







