पोखरा महानगरको बजेट पारित


     एभरेस्ट आवाज    
     असार २७ गते २०७९ मा प्रकाशित




पोखरा महानगरपालिकाको बजेट पारित भएकोछ।

आइतबार बसेको नगर सभाले आगामी आर्थिक वर्ष ०७९/८० को ८ अर्ब ७७ करोड ७५ लाख ५५ हजार बजेट सर्वसम्मत पारित गरेको हो।

यसैगरी नगरसभाले न्यायिक समिति, लेखा समिति र विद्यायन समिति गठन गरेको छ। न्यायिक समितिको संयोजक महानगरका उपप्रमुख मञ्जुदेवि गुरुङको संयोजकत्वमा भावना श्रेष्ठ र कालिदाश पोखरेल सदस्य रहेको समिति गठन भएको हो।

लेखासमितिको संयोजकमा झपटबहादुर रानाभाट चयन भएका छन्। समिति सदस्यमा विष्णुमणि बराल, बलराम पौडेल, रामजी पौडेल र दुर्गा थापा चयन भएका छन्। लेखासमितिमा आन्तरिक लेखा परीक्षण अधिकृत सदस्यसचिव रहने व्यवस्था रहेको छ।

विद्यायन समिति संयोजकमा पुष्पेन्द्र पाण्डे चयन भएका छन्। सदस्यमा राममोहन आचार्य, प्रेमप्रसाद कर्माचार्य, निर्मल दियाली र गंबाबहादुर खत्री चयन भएका छन्।

नगरसभाले पोखरा महानगरपालिका आकस्मिक स्थापना तथा सञ्चालन ऐन २०७९, आर्थिक ऐन २०७९ र विनियोजन ऐन २०७९ सर्वसम्मत पारित गरेको छ। यसैगरी, पोखरा महानगरको मध्यमकालीन खर्च संरचना २०७९/८० र ०८१/८२ पारित भएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।