जन्मोत्सवको अवसरमा गरिने फजुल खर्च कटाएर तनहुँमा एक युवाले विपन्न तथा जेहेन्दार विद्यार्थीको अध्ययनको लागि सहयोग गरेका छन्।
दमौलीस्थित आदिकवि भानुभक्त क्याम्पस संचालक समितिका सदस्य राजु दाहालले सोही क्याम्पसमा कक्षा १२ अध्ययरत २ छात्राको एक वर्षको लागि आवश्यक शैक्षिक शुल्क ३२ हजार रुपैयाँ सहयोग गरेका हुन्।
लायन्स क्लब अफ तनहुँका अध्यक्ष समेत रहेका दाहालले क्याम्पसमा सोमबार एक कार्यक्रमकाबीच क्याम्पस छात्रवृत्ति कोषको संयोजक तथा क्याम्पस संचालक समितिका उपाध्यक्ष बुद्धिमान श्रेष्ठलाई सो रकम प्रदान गरे।
रकम हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि क्याम्पस संचालक समितिका अध्यक्ष ब्रह्मादत्त तिमिल्सिना, व्यास नगरपालिकाका प्रथम प्रमुख तथा क्याम्पस संचालक समितिका पूर्व अध्यक्ष ताराप्रसाद श्रेष्ठ, क्याम्पस प्रमुख महाप्रसाद हड्खले, कक्षा ११ र १२ का संयोजक चिरञ्जीवी बस्नेतलगायतले जन्मोत्सवमा फजुल खर्च कटौती गरेर समाजप्रति समर्पण गर्ने यस्ता कार्यको सबैले अनुशरण गर्नुपर्ने जरुरी रहेको औँल्याए।
गत वर्ष पनि समाजसेवी दाहालले जन्मदिनको अवसर पारेर जेहेन्दार विद्यार्थीको अध्ययनको लागि २७ हजार रुपैयाँ सहयोग गरेको क्याम्पस प्रमुख हड्खलेले जानकारी दिए। कार्यक्रममा दाहालले अध्यनको कुनै अप्ठ्यारो परेको जानकारी गराएमा आफ्नो तर्पmबाट आगामी दिनमा पनि सक्दो सहयोग गर्ने प्रतिबद्धतासमेत जनाए।
दाहालले जन्मदिनमा फजुल खर्च कटाएर विपन्न तथा जेहेन्दार विद्यार्थीको अध्ययनको लागि सहयोग गर्ने तथा आश्रममा रहेका जेष्ठ नागरिकलाई खाद्यान्न सहयोग गरेर मनाउने गर्दै आएका छन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







