पोखरा । यस वर्षको श्रीपती समाज सेवा पुरस्कार मधेश प्रदेशमा पर्ने सर्लाहीको पद्म भुवनेश्वरी नमूना बृद्ध सेवा आश्रमलाई प्रदान गरिने भएको छ ।
पोखराको श्रीपती कोइराला गुठीद्वारा सञ्चालित श्रीपती समाज सेवा पुरस्कार २०७९ बाट मधेस प्रदेशको सर्लाही जिल्ला लालबन्दी नगरपालिका जुटपानीस्थित सो आश्रमलाई सम्मान गरिन लागेको हो । पुरस्कारको राशी नगद २ लाख २२ हजार २ सय २२ रुपैयाँसहित सम्मान पत्र र पदक रहेको छ ।
श्रीपति कोइराला गुठीले २१५ औं जयन्तीको अवसर पारेर पुरस्कार घोषणा गरेको हो । पुरस्कार गुठीको ३० औं वार्षिक साधारणसभामा प्रदान गरिने गुठीका अध्यक्ष लक्ष्मण कोइरालाले जानकारी दिए । पुरस्कृत हुन लागेको सर्लाहीको पद्म भुवनेश्वरी नमूना वृद्ध सेवा आश्रम असहायःहरुको सेवामा आश्रित संस्था हो ।
उक्त आश्रममा परिवारका कोहिपनि नभएका असहायःहरुलाई आवासीय रुपमा राखेर बस्ने, खाने, स्वास्थ्य उपचारको राम्रो प्रवन्ध गर्नुका साथै उनीहरुको मृत्यूपश्चात अन्तिम संस्कारपनि गर्ने गरिन्छ । यस संस्थालाई नेपाल सरकारले २०५७ सालमा मध्यमाञ्चलकै ‘नमूना वृद्धाश्रम’को उपमासहित पुरस्कृत गरिसकेको छ ।
यसअघि यो पुरस्कारबाट मानव बेचबिखनको क्षेत्रमा काम गर्ने संस्था ‘माईती नेपाल’ र महावीर पुनको राष्ट्रिय आविस्कार केन्द्रलाई पुरस्कृत गरिसकिएको गुठीले जनाएको छ । त्यस्तै, श्रीपती गुठीद्वारा सञ्चालित श्रीपती सामाजिक पत्रकारिता पुरस्कार पोखरेली अग्रज पत्रकार कृष्णप्रसाद बास्तोलालाई प्रदान गरिने भएको छ ।
पुराना पत्रकार बास्तोलाई नगद २२ हजार २ सय २२ रुपैयाँसहित सम्मान पत्र र दोषल्ला ओढाएर सम्मान गर्ने निर्णय भएको गुठीका सचिव नवराज कोईरालाले जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







