गोरखाको अत्यन्तै दुर्गम गाउँपालिका चुमनुब्रिमा हेलिकोप्टरबाट पैसा दुवानी गरिएको छ।
सड़क सञ्जालले नजोडिएको गोरखाको एक मात्र गाउँपालिका चुननुब्रिमा हेलिकोप्टरबाट पैसा दुवानी गरिएको हो।
पालिकाको केन्द्रमा रहेको एक मात्र बैंक कुमारी बैकलाई पालिकामा चालु आर्थिक बर्षमा संचालित योजानामा भएको खर्च भुक्तानी गर्न हेलिकोप्टरबाट पैसा ल्याइएको गाउँपालिकाले जनाएको छ।
यसका साथै यसै रकममध्येबाट चुमनुब्रिका बृद्धबृद्धा र असक्त एवं अपाङ्गलाई सामाजिक सुरक्षा भत्ता पनि उपलब्ध गराइने छ। गाउँपालिकाको नियमित खर्च पनि हेलिकोप्टरमार्फत लगिएको ५ करोड रुपियाँबाट नै हुने पालिकाले जनाएको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, १० साउन ।नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको दशौं रारा…





