जबरजस्ती करणी गरेको आरोपमा पोखराबाट एक जना पक्राउ


     एभरेस्ट आवाज    
     श्रावण २ गते २०७९ मा प्रकाशित




सांकेतिक तस्बीर

जबरजस्ती करणी गरेको आरोपमा पोखराबाट एकजना पक्राउन परेका छन्।

१३ वर्षकी नावालिकालाई ललाइ फकाई गरी करणी गरेको आरोपमा पर्वत कुस्मा नगरपालिका–६ स्थायी घर भई हाल पोखरा–१३ बस्ने वर्ष २४ का खिमबहादुर बि.क.लाई कास्की जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले शनिबार बिहान पक्राउ गरेको हो।

शुक्रबार राति १० बजेको समयमा पोखरा–५, पस्र्याङस्थित लब्लीडाँडामा नावालिकालाई लगेर जबरजस्ती करणी गरेको भन्ने बि.क.लाई आरोप छ।
कास्की जिल्ला अदालतबाट जबरजस्ती करणी मुद्दामा बि.क. लाई १० दिन म्याद थप अनुमति लिई घटना सम्बन्धमा थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।