पोखरा । गण्डकी प्रदेशले कुल बजेटको ७० प्रतिशत खर्च गरेको छ । गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्ष २०७८÷७९ मा कुल बजेटको ७०.४२ प्रतिशत बजेट खर्च गरेको हो । यो अघिल्लो वर्षको भन्दा ०.६७ प्रतिशतले कम हो । अघिल्लो वर्ष गण्डकी सरकारले ७१.०९ प्रतिशत बजेट खर्च गरेको थियो ।
गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्ष २०७८÷७९ मा ३१ अर्ब ३७ करोड ३६ लाख ८५ हजार बजेट विनियोजन गरेकोमा २२ अर्ब ९ करोड ४१ लाख ७४ हजार ९१ रुपैयाँ खर्च गरेको छ ।
प्रदेश सरकारले चालुतर्फ ६०.५४ प्रतिशत बजेट खर्च गरेको छ जुन अघिल्लो वर्षको तुलनामा ०.७६ प्रतिशतले बढी हो । आर्थिक वर्ष २०७७÷७८ मा गण्डकी सरकारले ५९.७८ प्रतिशत बजेट खर्च गरेको थियो । त्यस्तै आर्थिक वर्ष २०७८÷७९ मा गण्डकी सरकारले पुँजीगततर्फ ७८.०५ प्रतिशत बजेट खर्च गरेको छ ।
जुन अघिल्लो वर्षको तुलनामा २.१६ प्रतिशतले कम हो । आर्थिक वर्ष २०७७÷७८ मा गण्डकी सरकारले पुँजीगततर्फ ७५.८९ प्रतिशत बजेट खर्च गरेको थियो ।
प्रदेश लेखा नियन्त्रण कार्यालयका अनुसार चालुतर्फ १२ अर्ब ६० करोड ४२ लाख १० हजार बजेट विनियोजन गरेकोमा ७ अर्ब ६३ करोड १० लाख ८३ हजार ७१ रुपैयाँ खर्च गरेको छ भने पुँजीगततर्फ १८ अर्ब ५२ करोड ९४ लाख ७५ हजार बजेट विनियोजन गरेकोमा १४ अर्ब ४६ करोड ३० लाख ९१ हजार २० रुपैयाँ खर्च गरेको छ ।
मन्त्रालयगत खर्च अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले आर्थिक वर्ष २०७८÷७९ मा ५६.६५ प्रतिशत बजेट खर्च गरेको छ । १ अर्ब ४७ करोड २२ लाख ७२ हजार बजेट विनियोजन भएकोमा ८३ करोड ४० लाख ४० हजार ८ सय ९३ रुपैयाँ मात्र खर्च गरेको छ ।
अर्थ मन्त्रालयले गत आर्थिक वर्षमा ४४.१२ प्रतिशत बजेट खर्च गरेको छ । सो मन्त्रालयले १८ करोड ५६ लाख २४ हजार बजेट विनियोजन गरिएकोमा १० करोड ३७ लाख ३० हजार ४ सय ६६ रुपैयाँ खर्च गरेको हो ।
त्यस्तै, पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ७३.८० प्रतिशत बजेट खर्च गरेको छ । सो मन्त्रालयले ४७ करोड ३६ लाख ६० हजार बजेट विनियोजन गरेकोमा ३४ करोड ९५ लाख ४७ हजार ८ सय १२ रुपैयाँ खर्च गरेको छ ।
भूमि ब्यबस्था, कृषि, सहकारी तथा गरिवी निवारण मन्त्रालयले ७३.६२ प्रतिशत बजेट खर्च गरेको छ । सो मन्त्रालयले १ अर्ब ८५ करोड ९६ लाख ४७ हजार बजेट विनियोजन भएकोमा १ अर्ब ५८ करोड ३ लाख १५ हजार ६ सय ४१ रुपैयाँ बजेट खर्च गरेको छ ।
कानून, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्रालयले ७२.९७ प्रतिशत बजेट खर्च गरेको छ । सो मन्त्रालयले ८८ करोड ८४ लाख ९० हजार बजेट विनियोजन भएकोमा ६४ करोड ८३ लाख १३ हजार ४१ रुपैयाँ बजेट खर्च गरेको छ ।
वन, वातावरण तथा भूसंरक्षण मन्त्रालयले ७५.९० प्रतिशत बजेट खर्च गरेको छ । सो मन्त्रालयले ९१ करोड ९२ लाख ४७ हजार बजेट विनियोजन भएकोमा ६९ करोड ७७ लाख १४ हजार ८ सय ९६ रुपैयाँ खर्च गरेको छ ।
भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयले ७४.०५ प्रतिशत बजेट खर्च गरेको छ । सो मन्त्रालयले ९ अर्ब ६४ करोड ३४ लाख ९ हजार बजेट विनियोजन भएकोमा ७ अर्ब १४ करोड १३ लाख ५८ हजार ९ सय ७५ रुपैयाँ खर्च गरेको छ ।
उर्जा, जलश्रोत तथा खानेपानी मन्त्रालयले ८९।६० प्रतिशत बजेट खर्च गरेको छ । सो मन्त्रालयले ५ अर्ब ६५ करोड ७९ लाख ३१ हजार बजेट विनियोजन भएकोमा ५ अर्ब ६ करोड ९६ लाख ५५ हजार ५ सय ९३ रुपैयाँ खर्च गरेको छ ।
शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकास मन्त्रालयले ६९.७३ प्रतिशत बजेट खर्च गरेको छ । सो मन्त्रालयले २ अर्ब १९ करोड ३७ लाख ७१ ह्जार बजेट विनियोजन भएकोमा १ अर्ब ५२ करोड ९८ लाख १० हजार ८ सय २० रुपैयाँ बजेट खर्च भएको छ ।
युवा तथा जनसंख्या मन्त्रालयले ५६.४८ प्रतिशत बजेट खर्च गरेको छ । सो मन्त्रालयले ४० करोड ८ लाख ४२ हजार बजेट विनियोजन भएकोमा २२ करोड ६३ लाख ८८ हजार रुपैयाँ बजेट खर्च गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६९.७३ प्रतिशत बजेट खर्च गरेको छ । सो मन्त्रालयले २ अर्ब ७६ करोड ६३ लाख ६६ हजार बजेट विनियोजन भएकोमा १ अर्ब ५२ करोड ९८ लाख १० हजार ८ सय २० रुपैयाँ बजेट खर्च गरेको छ ।
असारे विकासले पायो निरन्तरता
गण्डकी प्रदेशमा यस वर्षपनि असारे विकासले निरन्तरता पाएको छ । प्रदेश सरकारले असारे विकासलाई निरन्तरता दिदै असारमा मात्रै कुल बजेटको २५.७ प्रतिशत बजेट खर्च गरेको छ ।
प्रदेश सरकारले जेठ मसान्त सम्ममा कुल बजेटको ४४.७२ प्रतिशत मात्र बजेट खर्च गरेको थियो । तर उसले असार मसान्तसम्म आईपुग्दा बजेट खर्च बढाएर ७०.४२ प्रतिशत पु¥याएको हो ।
अर्थात जेठ मसान्त सम्म गण्डकी सरकारले १३ अर्ब ९७ करोड ८६ हजार १ सय २३ रुपैयाँ मात्र खर्च गरेको थियो । तर असारमा मात्रै ८ अर्ब ११ करोड ५५ लाख ७३ हजार ९ सय ६८ रुपैयाँ खर्च गर्दै गण्डकी सरकारले कुल खर्च २२ अर्ब ९ करोड ४१ लख ७४ हजार ९१ रुपैयाँ पु¥यायो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







