आइसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत स्कटल्यान्डमा एक दिवसीय श्रृंखला खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली आज (मंगलबार) स्वदेश फर्किँदैछ।
टोली दिउँसो ३ बजे नेपाल आइपुग्ने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ।
राष्ट्रिय क्रिकेट टोली गएको असार १४ गते क्यानडा गएको थियो। त्यहाँ अभ्यास खेल खेलेर स्कटल्यान्ड पुगेको थियो।
स्कटल्यान्डमा नेपालले घरेलु टोली र नामिबियासँग २/२ खेल खेलेको थियो। ४ खेलमा नेपाल ३ मा पराजित हुँदा एउटा मात्रै खेल जितेको थियो। नेपालले घरेलु टोली स्कटल्यान्डलाई एउटा खेलमा हराएको थियो। नेपाल २० खेलमा १७ अंकसहित तालिकाको छैटौँ स्थानमा छ।
यो तालिकामा ओमान ३६ खेलमा ४४ अंकसहित शीर्ष स्थानमा छ। समान ३६ खेल खेलेपछि लिग–२ को शीर्ष ३ मा पर्ने टोलीले सन् २०२३ को जुन–जुलाईमा जिम्बाब्वेमा हुने विश्व कप छनोटमा स्थान बनाउनेछ। शीर्ष ३ सँगै लिग–२ को चौथो र पाँचौँ स्थानमा रहने टोलीले अर्को ४ वर्षका लागि एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता कायम राख्नेछ। शीर्ष ३ मा पर्ने नेपालको संभावना झिनो हुँदै गएको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







