कालीगण्डकी कोरिडोरअन्तर्गत बेनी–जोमसोम सडक खण्डको बेनी–गलेश्वर क्षेत्रमा जोखिमपूर्ण रहेको सडक मर्मत गरिएको छ।
पश्चिम नेपालको पशुपतिनाथको नामले चर्चित गलेश्वरधाममा साउने सोमवारका दिन पूजा र दर्शन गर्न जानेहरूलाई लक्षित गरेर बेनी नगरपालिकाले सडक मर्मत गरेको हो।
सडक खण्डमा सानाठूला सवारीसाधन आवत–जावतमा सहज हुनेगरी ठाउँठाउँमा ग्राभेल गर्नुका साथै एक्स्काभेटरको प्रयोग गरी सडक मर्मत गरिएको बेनी–७ का वडाध्यक्ष रमेश श्रेष्ठले बताए। सडकखण्डमा साउनको हरेक सोमवार भक्तजनको चाप हुने भएकाले सवारीसाधन फस्ने जोखिमलाई ध्यान दिई जोखिम रहेका स्थानमा हरेक आइतवार नियमित मर्मत गरिने श्रेष्ठले बताए।
सडकखण्डको मर्मत तथा जोखिमपूर्ण स्थानको स्थलगत अनुगमनका लागि नगरपालिकाका प्रमुख सुरत केसी, उपप्रमुख ज्योति लामिछाने, वडा नं ७ का वडाध्यक्ष श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत ढोलकराज ढकाल, उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवाललगायत संलग्न एक समिति गठन गरिएको छ।
नगरप्रमुख केसीले सवारी आवतजावतमा समस्या भएकाले जोखिमपूर्ण स्थानका सडक मर्मतको काम गरिएको र बेनी–जोमसोम सडक निर्माण आयोजनालाई बेनी–गलेश्वर क्षेत्रको जोखिमपूर्ण ठाउँको बाँकी काम तत्काल सम्पन्न गर्नसमेत ध्यानाकर्षण गरिएको बताए। नगरपालिकाले भक्तजनको सहजताका लागि आकस्मिक रूपमा काम गरे पनि आयोजना पक्षसँग सडक स्तरोन्नतिका लागि निरन्तर दबाब दिने नगरप्रमुख केसीको भनाइ छ।
रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा–१४ काजीपोखरीस्थित कालिका बहुमुखी क्याम्पसमा छात्राहरूका लागि ‘आत्मरक्षा’ सम्बन्धी एकदिने…






