नेपाल भलिबल संघको निर्वाचन भदौ २२ गते हुने भएको छ।
भक्तपुरमा बिहीबार जारी भलिबल संघ कार्यसमितिको पूर्ण बैठकले निर्वाचन भदौ २२ गर्ने निर्णय गरेको एक पदाधिकारीले बताएका छन्।
‘संघको चुनाव भदौ २२ गतेका लागि तय भएको छ। अहिलेलाई यति भनौँ,’ संघका एक पदाधिकारीले भनेका छन्।
कार्यकाल सकिएको झण्डै २ वर्ष बितिसक्दा पनि कोभिड–१९ तथा नयाँ खेलकुद ऐनका कारण संघको नयाँ निर्वाचन हुन सकेको थिएन। संघको निर्वाचनमा अहिलेकी उपाध्यक्ष निरोज मास्केले अध्यक्ष पदमा आफ्नो उम्मेद्वारी घोषणा गरिसकेकी छिन्। संघमा अहिलेसम्म अन्यले अध्यक्ष पदका लागि उमेदवारी घोषणा गरिसकेका छैनन्।
संघमा आवद्ध ७७ जिल्ला र ६ प्रदेशको निर्वाचन सकिसकेको छ। विवादका कारण वाग्मती प्रदेशको निर्वाचन भने हुन सकेको छैन।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, मंसिर ६ । पोखराको मझेरीपाटनस्थित हिमालयन गल्फ कोर्समा सम्पन्न ‘दोस्रो माछापुच्छ्रे…







