पोखरामा डिजिटल मार्केटिङको कार्यशाला गरिएको छ।
युनाइट्स नेपालले शनिबार पोखरामा डिजिटल मार्केटिङको कार्यशाला आयोजना गरेको हो।
व्यापार, व्यवसाय प्रवद्र्धनका लागि वितरण, प्रचार प्रसार, बजारीकरण निकै महत्वपूर्ण हुने र अहिलेको अवस्थामा डिजिटल मार्केटिङलाई थप प्रभावकारी बनाउन कार्यशाला आयोजना गरिएको थियो।
आभास अधिकारी र प्रतिमा भट्टले कार्यशालाको सहजीकरण गरेका थिए। उनीहरुले डिजिटल माध्यमबाट मार्केटिङका तरिका, अहिलेको अवस्था र चाल्नुपर्ने कदमबारे प्रकाश पारे। व्यक्तित्व विकास र व्यापार, व्यवसाय प्रवद्र्धनका लागि संगठन निर्माण र परिचालनबारे समेत कार्यशालामा प्रशिक्षण दिइएको थियो।
क्यान महासंघ सचिव जगन गुरुङले यस खालका कार्यक्रमले युग सुहाउँदो जनशक्ति उत्पादन, आय–आर्जन र समृद्धिका लागि सघाउने बताए।
युनाइट्स नेपालका गण्डकी अध्यक्ष सुनिल पाण्डेले यो क्षेत्रमा डिजिटल माध्यमबाट व्यक्तित्व विकास गर्न चाहनेहरुलाई प्रोत्साहन गर्न कार्यक्रम गरिएको बताए।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







