पोखरा । पोखरा महानगरपालिकाले १५ करोडको स्वरोजगार कोष स्थापना गरेको छ । युवा स्वरोजगार कोष र मुक्तिनाथ विकास बैंकसँगको सहकार्यमा पोखरा महानगरपालिकाले सो रकमको स्वरोजगार कोष स्थापना गरेको हो । महानगरपालिकाले आफ्नो नीति तथा कार्यक्रम र बजेटमै ५ करोड रुपैयाँ विनियोजन गरिसकेको छ । कोषमार्फत युवा स्वरोजगार जन्माउने महानगरको योजना छ । महानगरले सो योजनामार्फत ७५० जना युवा तथा साना व्यवसायी स्वरोजगार उत्पादन गर्ने लक्ष्य लिएको जनाएको छ ।
कोष सञ्चालन गर्न त्रिपक्षीय सम्झौताका लागि सैद्धाान्तिक सहमति जुटिसकेको महानगरले जनाएको छ । युवा स्वरोजगार कोषका कार्यकारी निर्देशक विश्वमोहन अधिकारी, मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रधुम्न पोखरेल र महानगरका मेयर आचार्यबीच यस्तो सहमति जुटेको हो । अब छिट्टै सम्झौता गरेर कोषमार्फत कार्यक्रम आगडि बढाईने पोखरा महानगरका प्रमुख (मेयर) धनराज आचार्यले जानकारी दिए । ‘हामी छिट्टै बसेर औपचारिक सम्झौता गर्छौं र कार्यक्रम अगाडि बढाउँछौं’–उनले भने । उनले कोषमार्फत अगाडि बढाईने कार्यक्रममा कृषि क्षेत्रमा लागेका युवा उद्यमीलाई प्राथमिकता दिइने बताए । ‘हामी हाम्रो लगानी कृषि क्षेत्रमा लागेका युवा उद्यमीलाई प्राथमिकतामा राखेर लगानी गर्छौं’–उनले भने ।
मेयर आचार्यले कोषमार्फत हुने लगानीले कृषि उद्यमको माध्यमबाट रोजगारीसमेत अभिबृद्धि गर्ने दाबी गरे । उनले भने,‘कृषि उद्यममा लगानी भएपछि स्वरोजगार त हुने नै भयो । त्यसमा रोजगारीपनि अभिबृद्धि हुन्छ ।’ युवा स्वरोजगार कोषका कार्यकारी निर्देशक विश्वमोहन अधिकारीले अगामी चार वर्षसम्म यो कार्यक्रमलाई अगाडि बढाउने उद्देश्यका साथ आफूहरु अगाडि बढेको बताए ।
‘यो कार्यक्रम मार्फत न्युन वर्ग र बेरोजगार युवालार्ई समेट्ने योजना हो’ उनले भने । कार्यकारी निर्देशक अधिकारीले कोषका लागि सैद्धान्तिक सहमति भएपनि औपचारिक सम्झौता भएर कार्यान्वयनमा जान करीब एक महिना लाग्ने बताए । ‘हामी जतिसक्दो छिटो औपचारिक सम्झौता गरेर कार्यक्रम अगाडि बढाउँछौं’–उनले भने ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







