सयपत्री हाइड्रोको आइपीओ खुल्यो


     एभरेस्ट आवाज    
     श्रावण १३ गते २०७९ मा प्रकाशित




सयपत्री हाइड्रोपावर लिमिटेडले आज (शुक्रबार) देखि सर्वसाधारणका लागि साधारण शेयर (आइपीओ) निष्कासन गरेको छ ।
कम्पनीले कुल ७ लाख २१ हजार ६० कित्ता शेयर निष्कासन गरेको हो ।

यसमध्ये ५ प्रतिशत अर्थात ३६ हजार ५३ कित्ता शेयर समूहिक लगानी कोष र २ प्रतिशत अर्थात १४ हजार ४२१ कित्ता शेयर कम्पनीका कर्मचारीहरूका लागि छुट्याइएको छ भने बाँकी रहेको ६ लाख ७० हजार ५८६ कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।

आइपीओमा साउन १७ गतेसम्म आवेदन दिन सकिनेछ । यस समयमा माग बमोजिम आवेदन नपरेमा साउन २७ गतेसम्म थप हुनेछ । आईपीओमा प्रबन्धकमा एनआइबीएल एस क्यापिटलसँगै सी–आस्वा सदस्य रहेका सबै बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ । साथै, मेरो शेयरमार्फत अनलाइनबाट पनि आवेदन दिन सकिनेछ ।

आइपीओ निष्कासनका लागि गराएको रेटिङमा कम्पनीलाई केयर रेटिङ नेपालले केयरएनपी डबल बी आइएस रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ । हाल कम्पनीको चुक्ता पूँजी २१ करोड छ । आइपीओ निष्कासन बाँडफाँटपश्चात् पुँजी ३० करोड पुग्नेछ । कम्पनीले बाग्लुङ जिल्लामा २ दशमलव ५ मेगावाटको ‘दरम खोला ए’ जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।