नेपाल बजार बिक्री प्रतिनिधि संघ (नाम्स) को छैटौं राष्ट्रिय महाधिवेशन यही भदौको २४ र २५ गते चितवनको नारायणगढमा हुने भएको छ ।
गत शनिबार बसेको संघको १० औ पूर्ण बैठकले सो निर्णय गरेको हो ।
महाधिवेशन सम्पन्न गर्न संघका केन्द्रीय अध्यक्ष सूर्य पराजुलीको संयोजकत्वमा एक सय एक सदस्यीय मूल आयोजक समिति गठन गरेको छ । मूल आयोजक समितिको सह –संयोजकमा संघका केन्द्रीय उपाध्यक्ष पुष्पराज पराजुली, सदस्य–सचिवमा महासचिव पदम भट्टराईलाई चयन गरेको छ ।
मूल आयोजक समिति मा केन्द्रीय कमिटीका पदाधिकारी तथा सदस्यहरुसहित संघको सल्लाहकार समिति, अनुशासन तथा सुपरीवेक्षण समिति, केन्द्रीय लेखा आयोग समिति, एवं प्रदेश, शाखा÷ईकाई कमिटीका अध्यक्षहरु पदेन सदस्य रहने गरी एक सय एक सदस्यीय मूल अधिवेशन आयोजक समिती गठन गरेको हो ।
त्यसैगरी अधिवेशनलाई ब्यवस्थित रुपमा सम्पन्न गर्न बिभिन्न उपसमितिहरु गठन गरिएको छ। गठित उपसमितिहरुमध्ये, बिधान संसोधन उपसमिति संयोजकमा बसन्तराज सिग्देल, निर्वाचन ब्यवस्थापन उपसमिति संयोजकमा ऋषि अधिकारी, अतिथि स्वागत सत्कार उपसमिति संयोजकमा नरेन्द्र बिष्ट, आर्थिक ब्यवस्थापन उपसमिति संयोजकमा किरण अधिकारी, प्रचार–प्रसार उपसमिति संयोजकमा श्रीराम सिग्देल, आवास खाना खाजा ब्यवस्थापन उपसमिति संयोजकमा शुभ थपलियालाई जिम्मेवारी दिइएको छ।
संघको छैटौं राष्ट्रिय महाधिवेशनमा देशभरबाट करीब ६ सय प्रतिनिधि सहभागि रहनेछन् । बैठकले बाँकी शाखा र ईकाई कमिटीको अधिवेशन तथा प्रतिनिधि छनौटको अन्तिम समयावधी भदौं ११ गतेसम्मलाई तोकेको छ । भदौ ११ गतेपछि भएका अधिवेशनलाई मान्यता दिन नसक्ने निर्णय गरेको छ । सबै प्रदेश, शाखा तथा ईकाई कमिटीले भदौं १५ गतेसम्म प्रतिनिधिको अन्तिम नामावली केन्द्रीय कमिटीमा पठाई सक्नुपर्ने सहितको निर्देशन बैठकले गरेको छ ।
छैटौं राष्ट्रिय महाधिवेशन मा सहभागी प्रतिनिधिले अनिवार्यरुपमा बैठकबाट तोकिएको लेवी र दायित्व बुझाएको हुनु पर्ने छ । अधिवेशनमा प्रतिनिधित्व गर्ने प्रक्रिया पनि विधानसम्मत् नै रहने निर्णय गरेको छ । साधारण सदस्यको हकमा प्रत्येक शाखा तथा ईकाईको जम्मा सदस्य संख्या को २० प्रतिशतले प्रतिनिधि छनौट गर्नु पर्नेछ। प्रदेश कमिटीका सबै तथा शाखा र ईकाई कमिटीको हकमा कार्यसमिसतबाट १५ जना स्वतः प्रतिनिधि हुने ब्यवस्था मिलाइएको प्रचार–प्रसार उपसमिति संयोजक श्रीराम सिग्देलले जानकारी दिएका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







