सामाजिक सुरक्षा भत्ता बुझ्न यातायात सुविधा


     एभरेस्ट आवाज    
     भाद्र ७ गते २०७९ मा प्रकाशित





खलङ्गा । जुम्लाको हिमा गाउँपालिका–१ ले सामाजिक सुरक्षाभत्ता बुझ्न जाने सेवाग्राहीलाई यातायात सुविधा दिन थालेको छ । सो वडाबाट सामाजिक सुरक्षा भत्ता लिन बैंकमा आउन करिब एक दिन लाग्ने र हिँडेर कठिन हुने भएकाले वडा कार्यालयले सबैलाई बैंकमा जान यातायात सुविधासहित सामाजिक सुरक्षाभत्ता बुझ्न तथा घर आउन सहजका लागि यतायाता सेवा उपलब्ध गराउन थालेको वडाध्यक्ष रतनबहादुर शाहीले जानकारी दिए ।

वडाका चार सय ५७ जनालाई सामाजिक सुरक्षाभत्ताका लागि बसको व्यवस्थापन गरी सेवा प्रदान गरिएको छ । त्रैमासिक रुपमा बैंकले तोकेको दिनमा अब वडापालिकाले सामाजिक सुरक्षाभत्ता पाउने नागरिकलाई यातायात सेवा निरन्तर दिने वडा कार्यालयले जनाएको छ । गाउँपालिका र बैंक टाढा भएकाले वडा कार्यालयले बस चढाएर बैंक पु¥याएपछि ज्येष्ठ नागरिक सहितका सेवाग्राही खुसी भएका छन् ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।