पोखरा उद्योग वाणिज्य संघको महासचिवमा बलराम आचार्यद्वारा उम्मेदवारी घोषणा


     एभरेस्ट आवाज    
     भाद्र ७ गते २०७९ मा प्रकाशित




पोखरा, भदौ ७

पोखरा उद्योग वाणिज्य संघको महासचिवमा बलराम आचार्यले उम्मेदवारी दिने भएका छन् । आचार्यले पवनकुमार प्रजापति समूहबाट महासचिवमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । आचार्य वर्तमान कोषाध्यक्ष हुन् ।

पोखरा उद्योग वाणिज्य संघको ३४ औं महाधिवेशन यहि भदौ २४ र २५ गते पोखरामा हुँदैछ । संघको अध्यक्षमा वर्तमान बरिष्ठ उपाध्यक्ष पवनकुमार प्रजापति र वर्तमान वाणिज्यतर्फका उपाध्यक्ष अर्जुन पोखरेल भिड्दैछन् ।

आचार्यले विगत ८ वर्षदेखि निरन्तर संघको कार्यसमितिमा बसेर काम गर्दै आएका छन् । २७ वर्षदेखि फेन्सी व्यवसायमा रहेका आचार्य फेन्सी तथा रेडिमेड व्यवसायी संघका संस्थापक सदस्य महासचिव तथा पूर्व सल्लाहकार हुन् । आचार्य लायन्स क्लब, परेली बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष, जन आर्दश सामाजिक विकास समितिको आजिवन सदस्य, नेपाल रेडक्रस सर्कलको आजीवन सदस्य, आचार्य सेवा समाज कौगो नेपालको केन्द्रीय अध्यक्ष पनि हुन् ।

आचार्यले आफू संघलाई बलियो बनाउँदै संघका सदस्यहरुको हक, हित र अधिकारसँगै उनीहरुलाई सबल र सक्षम बनाउनका लागि आफ्नो उम्मेदवारी रहेको बताएका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।