बेबील्याण्डको दशैं कार्निभल २०७९ ः “बेबील्याण्ड जाऔं, हिरो स्कुटर ल्याऔं”


     एभरेस्ट आवाज    
     भाद्र १५ गते २०७९ मा प्रकाशित




पोखरा । पोखराको बेबील्याण्डमा दशैं अफर शुरु भएको छ । नेपालीको महान चाँड बडादशैं, तिहार, नेपाल सम्वत, छठलगायतका चाँडपर्वहरुलाई लक्षित गरेर बेबील्याण्डले आज भदौ १५ गते बुधबारदेखि दशैं अफर शुरु गरेको हो ।

दशैं सपिङ्ग कारनिभल २०७९ नाम दिएर “बेबील्याण्ड जाऔं, हिरो स्कुटर ल्याऔं” भन्ने नारासहित शुरु भएको बेबील्याण्डको दशैं अफर कात्तिक १४ गतेसम्म जारी रहने जनाइएको छ । यो अवधीमा सामान खरिद गर्ने ग्राहकलाई १२ प्रतिशत छुटपनि दिईने बेबील्याण्डले जनाएको छ ।

बेबील्याण्डले ‘ह्याप्पी आवर’ अन्तर्गत विहान ९ बजेदेखि ११ बजेसम्म बेबी केयरका सामान खरिद गरेमा ५ प्रतिशत छुटसमेत दिदै आएको छ ।

दशैं अफर अन्तर्गत ग्राहकले गोला प्रथाबाट प्रथम पुरस्कारवापत हिरो स्कुटर, द्वितीय हुनेले ४३ ईञ्चको एमआई होराईजन टिभी, तृतीय हुनेले २० लिटरको माईक्रोवेभ ओभन तथा सान्त्वना हुने २० जनालाई २÷२ हजार प्रदान गरिने बेबील्याण्डले जनाएको छ ।

बेबील्याण्डले कात्तिक ५ गते धनतेरसको दिन विशेष अफर घोषणा गरेको छ । उक्त दिन ग्राहकले २० हजार बराबरको सामान खरिद गरेमा प्रत्येकलाई १० ग्रामको चाँदीको सिक्का उपहार प्रदान गर्ने बेबील्याण्डका सञ्चालक प्रदीप बज्राचार्यले जानकारी दिए ।

दशैं अफरमा सहभागि हुन ग्राहकले सामान खरिद गरेवापत कुपन प्राप्त गर्ने जनाइएको छ । जस अन्तर्गत एक हजार भन्दा माथिको सपिङमा एउटा कुपन प्राप्त गर्ने सञ्चालक बज्राचार्यले बताए ।

दशैं अफरको नतिजा आगामी कात्तिक १५ गते बेबील्याण्डको न्यूरोडस्थित स्टोरमा गोलाप्रथामार्फत सार्वजनिक गरिने बज्रचार्यले जानकारी दिए ।

‘बच्चाहरुको खुशी नै परिवारको खुशी’ मुख्य नारासहित नेपालको व्यवसायीक क्षेत्रमा केहि नयापन दिने उद्देश्यसहित सञ्चालनमा आएको बेबील्याण्डको पोखराको न्यूरोडमा रिटेल स्टोर, सिद्धार्थचोकमा प्ले शो–रुम तथा काठमाडौंको बालाजुमा ‘बेबील्याण्ड अनलाईन’ अफिस सञ्चालनमा रहेको छ ।

बालबालिकाहरुको हरेक प्रकारका सामानहरुको विशेष ब्राण्ड स्टोरको रुपमा ‘बेबील्याण्ड’ २०५१ साल बैशाख ५ गते सञ्चालनमा आएको थियो ।

‘बच्चाहरुको खुशी नै परिवारको खुशी’ मुख्य नारासहित नेपालको व्यवसायीक क्षेत्रमा नया ढंगले केहि नयापन दिने उद्देश्यसहित सञ्चालनमा आएको बेबील्याण्डको पोखराको न्यूरोडमा रिटेल स्टोर, सिद्धार्थचोकमा प्ले शो–रुम तथा काठमाडौंको बालाजुमा ‘बेबील्याण्ड अनलाईन’ अफिस सञ्चालनमा रहेको छ ।

बेबील्याण्डमा जन्मेदेखी १२ वर्षसम्मका बालबालिकाका लागि फेसनेबल लुगा, जुत्ता, चप्पल, खेलौना, साइकल, ट्राइसाइकल, वाकर, बेड, झोलुङ्गा, स्ट्रोलर, इलेक्ट्रिकल कार, जीप, बाइकलगायतका सम्पूर्ण सामानहरु पाइने ब्रजाचार्यले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।