पोखरा । नेपाल राष्ट्रिय घरभाडा सरोकार समितिको अध्यक्षमा पुनः कमलप्रसाद न्यौपाने निर्वाचित भएका छन् ।
शनिबार पोखरामा सम्पन्न समितिको १५ औं साधरणसभा तथा पाँचौ अधिवेशनले अध्यक्षमा पुनः न्यौपानेलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।
समितिको वरिष्ठ उपाध्यक्षमा उमापति ढकाल, द्वितिय उपाध्यक्षमा जगदिश प्रसाद अधिकारी, महासचिवमा कृष्णप्रसाद चापागाई, सचिवमा नारायण प्रसाद सुवेदी, कोषाध्यक्षमा राजु सुनार र कोषाध्यक्षमा ईश्वरी प्रसाद आचार्यलाई चयन गरेको छ ।
त्यसैगरि समितिको सदस्यहरुमा सोभाकान्त शर्मा, मिलन ढकाल, जगनमोहन गिरी, बेदुराम लामिछाने र ईन्दुदेवी श्रेष्ठ चयन भएको नवनिर्वाचित महासचिव कृष्णप्रसाद चापागाईंले जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







